वैशाख ५, काठमाडौ –
नेपाल एयरलाइन्सका दुई वाइडबडीले चीनको ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री लिएर काठमाडौं आइपुगेका छन्। बुधबार स्वास्थ्य सामग्री लिन गएको दुवै विमान शुक्रबार बिहान सात बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । दुवै विमानमा निजी क्षेत्रको स्वास्थ्य सामग्री ल्याइएको छ।
निजी क्षेत्रले विमान भाडामा लिएर स्वास्थ्य सामग्री ल्याएको हो । विमानमा कोरोना भाइरसको परिक्षणका लागि आवस्यक पर्ने स्वास्थ सामाग्री ल्याइएको बताईएको छ ।
Facebook Comments