• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

राहतका लागि समाजेवी भट्टराईद्वारा दुहबी नगरपालिकालाई १ लाख १ हजार सहयोग

by पहिलो नेपाल
५ बैशाख २०७७, शुक्रबार १२:२९

वैशाख ५, विराटनगर –
व्यवसायी तथा समाजसेवी सुमन भट्टराईले दुहबी नगरपालिकालाई राहतका लागि आर्थिक सहयोग गरेका छन्। भट्टराईले नगरपालिकालाई १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।

लकडाउनका कारण विपन्न वर्गलाई परेको असरलाई मध्यनजर गर्दै व्यवसायी तथा समाजसेवी भट्टराईले राहतका लागी नगरपालिकालाई आर्थिक सहयोग गरेका हुन्। भट्टराईले १ लाख १ हजारको चेक नगरप्रमुख बेद कुमार गच्छदारलाई हस्तान्तरण गरेका हुन्। रकम हस्तान्तरण कार्यक्रममा इन्स्पेक्टर पवन कार्की, नगरका कार्यकारी प्रमुख विनोद न्यौपाने , वडा नं ३ का अध्यक्ष माधव भण्डारी, वडा नं ५ का अध्यक्ष रमेश रौनियार र युवासंघ नेता रोशन कार्कीको उपस्थिति रहेको थियो।

उक्त रकम नगरपालिकाले गरिब, विपन्न तथा मजदुरहरुलाई राहत वितरण गर्न खर्च गर्ने नगरपालिकाले बताएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट देश यतिबेला लकडाउनमा छ। लकडाउनका कारण गरिब तथा विपन्न वर्गलाई समस्या भैरहेका बेला राहतका लागि नगरपालिकालाई आर्थिक सहयोग गरेको समाजसेवी सुमन भट्टराईले बताए। सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेका कारण दुहबी नगरपालिकालाई रकम उपलब्ध गराईएको भट्टराईले बताए । उनले भने, हरेक ठाउँमा सरकारको मात्र मुख ताकेर हुँदैन, हामीले पनि सकेको सहयोग गर्नुपर्छ भन्ने ठानेर राहतका लागि आर्थिक सहयोग गरेको हो।

भट्टराईले केहिदिन अघि मात्र ताप्लेजुङ जिल्ला प्रशासनलाई पनि राहतका लागि खाद्य सामाग्री उपलब्ध गराएका थिए।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

५ बैशाख २०७७, शुक्रबार १२:२९
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

५ बैशाख २०७७, शुक्रबार १२:२९

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

५ बैशाख २०७७, शुक्रबार १२:२९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

५ बैशाख २०७७, शुक्रबार १२:२९
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

५ बैशाख २०७७, शुक्रबार १२:२९
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

५ बैशाख २०७७, शुक्रबार १२:२९
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

५ बैशाख २०७७, शुक्रबार १२:२९
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.