वैशाख ५, विराटनगर –
उदयपुरमा आठ जना भारतीयमा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका ८ जना भारतीय नागरिकमा कोरोना भेटिएको हो ।
भुल्केस्थित मस्जिदमा केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो ।
उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । पुनः परीक्षणका लागि उनीहरुको नमूना काठमाडौं पठाइएको छ ।
Facebook Comments