वैशाख ६, विराटनगर –
अमेरिकामा कोभिड -१९ का कारण मृत्यु हुनेको तिव्र गतिमा बढिरहेको छ। तीन दिनअघिसम्म कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २९ हजार थियो। तर, शुक्रबार बिहानसम्म ३७ हजार नाघिसकेको छ।
शुक्रबार बिहानसम्म मृतकको संख्या ३७ हजार १५४ पुगेको छ। शुक्रबार मात्र त्यहाँ दुई हजार ५३५ जनाको मृत्यु भएको छ।
त्यहाँ गत विहिबार एकै दिन ६ हजार १८५ जनाको मृत्यु भएको थियो। सबैभन्दा बढी आक्रान्त भएको न्यूयोर्कमा कूल मृतकमध्ये आधा छन्। त्यहाँ १७ हजारभन्दा बढीले ज्यान गुमाएका छन्।
त्यस्तै संक्रमितको संख्या पनि उत्तिकै तिव्र गतिमा बढिरहेको छ। अमेरिकामा हालसम्म ७ लाख १० हजार संक्रमित पुगिसकेका छन्। शुक्रवार मात्रै ३२ हजार नयाँ संक्रमित थपिएका छन्। त्यस्तै निको हुनेको संख्या न्यून रहेको छ। हालसम्म अमेरिका ६० हजार मात्र उपचार पछि निको भएका छन्।