वैशाख ६, विराटनगर –
व्यवसायी तथा समाजसेवीद्वय सुमन भट्टराई र सुरेशकुमार राठीले काठमाडौ क्षेत्र नं २ मा राहत स्वरुप खाद्य सामाग्री पठाएका छन्। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निर्वाचन क्षेत्र काठमाडौँ–२ भित्र पर्ने स्थानीय तह तथा महानगरका वडाहरुमा राहत विरतणका लागि सुनसरीका भट्टराई र विराटनगरका राठीले खाद्यन्न पठाएका हुन्।
काठमाडौ २ अन्तरगर्त पर्ने कागेश्वरी र ३२ वडाका लागि व्यवसायी राठी र भट्टराईले सहयोग गरेका हुन्।
कागेश्वरी मनोहरा नगपालिकामा तीन सय प्याकेट चामल र महानगरको ३२ वडाका लागि पाँच सय प्याकेट चामल राहत स्वरुप पठाएका हुन्।
्
नेकपाका नेता तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालको सक्रियतामा राहतका लागि खाद्य सामाग्री उपलब्ध गराईएको समाजसेवी सुमन भट्टराईले जानकारी दिए। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट देश यतिबेला लकडाउनमा छ। लकडाउनका कारण गरिब तथा विपन्न वर्गलाई समस्या भैरहेका बेला राहतका लागि खाद्यान्न सहयोग गरेको भट्टराईले बताए।
यसअघि भट्टराई र राठीले ताप्लेजुङ जिल्लामा पनि राहत स्वरुप खाद्यान्न पठाएका थिए। त्यस्तै भट्टराईले दुहबी नगरपालिकालाई राहतका लागि १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेका थिए।
साथै त्यसै क्षेत्रका सांसद समेत रहेका नेता नेपालकै सक्रियतामा शंखरापुर नरपालिकामा पाँच सय प्याकेट चामल र महानगरको ९ नम्बर वडाका लागि तीन सय प्याकेट चामल पठाइएको छ। शंखरापुरमा पठाइएको राहत मध्ये केही वितण गरिएको छ भने अरु निकायमा पठाइएको राहत वितरण गर्न बाँकी रहेको सम्बन्धित नगरपालिका तथा वडा कार्यालयले जनाएका छन्।