वैशाख ६, विराटनगर –
नेपाल मुस्लिम समुदाय बिकास केन्द्रले १ सय २० परिवारलाई राहत सामाग्री बितरण गरेको छ। संस्थाले बिराटनगर वडा नं ५ र ६, त्यस्तै कटहरी गाउँपालिका वार्ड नं १ का १ सय २० परिवारलाई राहत सामाग्री वितरण गरेको हो।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि दैनिक ज्याला मजदुरीगरेर जिविको चलाउने मजदुरहरुलाई समस्या परेको भन्दै राहत स्वरुप खाद्यान्न उपलब्ध गराईएको संस्थाका अध्यक्ष इब्राइम शर्माले जानकारी दिए । सम्पुर्ण परिवरलाइ १० केजि चामल, दाल, आलु , नुन , तेल लगाएतका खाद्यान्न सामाग्री बितरण गरेको उनले बताए ।
राहत सामाग्री संस्थाका सदस्यहरु बाट रकम संकलन गरि बितरण गरिएको संस्थाका सदस्यले जानकारी दिए। राहत वितरण कार्यक्रममा इब्राहिम शर्मा, मो. जिया हुसैन, अब्दुल कादर, कमल श्रेष्ठ लगाएत अन्य संस्थाको पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।