वैशाख ७, विराटनगर –
कोरोना भाइरसको महामारीले ग्रस्त बनेको विश्वमा अहिलेसम्म १ लाख ६० हजार ७८३ जनाले ज्यान गुमाएका छन् भने २३ लाख ३२ हजार ४५० जनालाई स्ंक्रमण भएको छ ।
त्यस्तै ५ लाख ९९ हजार ९९८ जना निको भएका छन् । अहिलेसम्म विश्वमा ५५ हजार २८० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यो समाचार तयार पार्दासम्म इटालीमा कोरोना भाइरसको महामारीका कारण १ लाख ७५ हजार ९२५ जनालाई संक्रमण भएको छ भने २३ हजार २२७ जनाको ज्यान गएको छ ।
त्यस्तै २ हजार ७३३ जनाको अवस्था गम्भीर रहेको छ । कोरोना भाइरसको महामारीका कारण इटालीमा शनिवार ३ हजार ४९१ जना नयाँ संक्रमित थपिएका छन् भने शनिवार नै ४८२ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै स्पेनमा २० हजार ६ सय ३९ जनाको मृत्यु भएको छ भने १ लाख ९४ हजार ४ सय १६ जना संक्रमित पुगेका छन्। स्पेनमा शनिवार ६ सय ३७ को ज्यान गयोभने ३ हजार ५ सय ७७ जना नया संक्रमित थपिएका छन्।
अन्य दिनको तुलनामा इटालीमा र स्पेनमा संक्रमित र मृतकको संख्या कम हुँदै गईरहेको छ ।