वैशाख ८, विराटनगर –
कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या भारतमा ५५९ पुगेको छ। वोल्डोमिटर्सका अनुसार त्यहाँ संक्रमितको संख्या पनि १७ हजार ६ सय १५ पुगेको छ।
करिब २८ सय भने निको भएर घर फर्किएका छन्। भारतमा ३ मेसम्म लकडाउन बढाइएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १२ सय ५० नयाँ संक्रमित थपिए भने ३८ जनाक्प ज्यान गएको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ४४ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र ४ हजार ९ सय ५७ जनाको मृत्यु भएको छ।
सोमबार बिहानसम्ममा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ लाख १ हजार ३ सय ७९ पुगेको छ।