वैशाख ८, काठमाडौ –
मन्त्रीपरिषद बैठकले राजनीतिक पार्टी विभाजन सम्बन्धि व्यवस्था खुकुलो पार्ने गरि अध्यादेश ल्याउने निर्णय गरेको छ। सोमबार बसेको बैठकले राजनीतिक दल विभाजनका लागी संसदीय दल वा पार्टीको केन्द्रीय कमिटीमध्ये कुनै एकमा ४० प्रतिशत भए हुने व्यवस्था गर्ने गरी अध्यादेश ल्याउने निर्णय मन्त्रीपरिषदले गरेको हो।
अहिलेको कानुनी व्यवस्थाअनुसार पार्टी विभाजनका लागि केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ४० प्रतिशत हुनुपर्ने व्यवस्था रहेको छ।
मन्त्रीपरिषदमा प्रधानमन्त्रीले यस्तो प्रस्ताव ल्याएका थिए। नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद बढेका बेला ओलीले मन्त्रीपरिषदबाट एकाएक यस्तो निर्णय गरेका हुन्।