• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

कोरोना रोकथामका लागी सरकारलाई पुर्ण रुपमा सघाउने मुस्लिम अगुवाहरुको प्रतिबद्धता

by पहिलो नेपाल
९ बैशाख २०७७, मंगलवार १८:५९
कोरोना रोकथामका लागी सरकारलाई पुर्ण रुपमा सघाउने मुस्लिम अगुवाहरुको प्रतिबद्धता

वैशाख ९, विराटनगर –
कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि सरकारलाई पुर्ण रुपमा सहयोग गर्ने मुस्लिम अगुवाहरूले प्रतिबद्धता व्यक्त गरेका छन्।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारलाई साथ र सहयोग गर्ने मुस्लिम अगुवाहरुले बताएका हुन्।

मोरङका विभिन्न सम्बद्ध निकायहरुसँग छलफल गर्दै मुस्लिम अगुवाहरुले यस्तो प्रतिबद्धता जनाएका हुन्। उनिहरुले प्रदेश नं १ मा रहेका मदरसा र मस्जितहरुको अनुगमन र नियमन गरि त्यहाँ बस्दै आएका जमातीहरुलाई क्वारेन्टाइनमा राख्न प्रशासनलाई पुर्ण रुपमा सहयोग गर्ने बताएका छन् । मदरसा र मस्जिदहरुमा कोरोना संत्रमितहरुलाई लुकाइएको र कोरोना संक्रमण फैलाउन मुस्लिम समुदाय लागेको निराधर हल्ला चलाएको भन्दै मुस्लिम अगुवाहरुले यस्तो हल्ला फिजाउनेलाई कारवाही गर्न समेत माग गरेका छन् ।

नेकपाका युवा नेता ओसिम आलमले कोरोना रोकथाम र नियन्त्रणका लागि सम्बद्ध निकायसँग निरन्तर छलफल गरिरहेको बताएका छन्। उनले भने, ‘हामिले कोरोना भाइरस बाट बच्न र यो बिपदको घडिमा मुस्लिम समुदायलाई सुसूचित गर्न निरन्तर लागिरहेका छौँ। रोग लुकाउन कोही गलत ब्यक्ति उद्धत रहेको पाईए कार्वाहीको लागि सहयोग गर्नेछौँ।’ उनले कोरोनाको नाममा धार्मिक सहिष्णुता खलबल्याउने माथी कारबाहीको माग समेत गरे। उनले भने, ‘ कोरोनाको महामारीको बिचमा कोहीपनि ब्यक्ति वा समुदायले जातीय वा धार्मिक रंग दिन खोज्छ भने त्यस्ता ब्यक्तिलाई कारबाहीको माग गर्दछु। रोगले कसैलाई चिन्दैन तसर्थ सबै समुदाय , सबै नेपाली एकजुट भएर लाग्नुपर्छ।’ कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले लागू गरेको नियम र निर्देशन पूर्ण रुपमा पालना गर्ने समेत उनले बताए। आलमले सम्पुर्ण मुस्लिम समुदायलाई सरकारको निर्णय र निर्देशन पालना गर्दै घरमै नमाज पढ्न समेत आग्रह गरे ।

 

त्यस्तै मुस्लिम अगुवा अनिस आलमले कोरोनाले कुनै जाती र धर्म भनेर छुट नदिने भन्दै हामी आफै सचेत भइ सरकारसँग सहकार्य गरिरहेको बताए। उनले कोरोना संक्रमणसँग जोडेर मुस्लिम समुदायको बदनाम हुने प्रचार नगरिदिन पनि आग्रह गरेका छन्।

मुस्लिम अगुवाहरुले वैशाख ५ गते मोरङ प्रमुख जिल्ला अधिकारी मदन भुजेल ,नेपाल प्रहरी प्रमुख विश्व अधिकार ,सशस्त्र प्रहरी प्रमुख ,नेपाल आर्मी लगायत मोरङका विभिन्न मस्जिद कमिटीका अगुवाहरुसँग छलफल गरेको थिए।

छलफलमा , रानी मरकजका अध्यक्ष हसन अन्सारी,
सचिव इरसाद (बब्लु), सरोचिया मस्जिदका अध्यक्ष
इन्तखाब आलम, गुद्री मस्जिदका सचिव तनवीर कुरैसी, मोरङ मुस्लिम समाजका अध्यक्ष मण्डलका अध्यक्ष साहब अहमद गुड्डु र मोहमद ताजिम उपस्थित थिए। त्यस्तै मुस्लिम अगुवाहरु जफर जमालि , अनिस आलम मोहम्मद नसरुल, मुसरफ खान लगायतको उपस्थिति थियो।

Facebook Comments

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

९ बैशाख २०७७, मंगलवार १८:५९
प्रदेश १ मा सरकार गठन दलहरुको   छुट्टाछुट्टै छलफलमा

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

९ बैशाख २०७७, मंगलवार १८:५९

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

प्रदेश १ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको नाम पेश गर्न आव्हान

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

प्रदेश १ संसद्को पहिलो अधिवेशन पुष १७ लाई आह्वान

प्रदेश १ का नाम छिट्टै टुंगो लगाउने प्रतिवद्धता

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

९ बैशाख २०७७, मंगलवार १८:५९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

९ बैशाख २०७७, मंगलवार १८:५९
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

९ बैशाख २०७७, मंगलवार १८:५९
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

९ बैशाख २०७७, मंगलवार १८:५९
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

९ बैशाख २०७७, मंगलवार १८:५९
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.