वैशाख ९, विराटनगर –
नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ४२ पुगेको छ। मंगलबार एकैदिन ११ जना संक्रमित पुष्टि भएपछि संक्रमितको संख्या ४२ पुगेको हो। ११ जना नै उदयपुर जिल्लामा भेटिएका हुन्।
उदयपुरको भुल्केका १३ जनामा पहिले नै संक्रमण पुष्टि भएको थियो। उदयपुरमा मात्र कोरोना संक्रमितको संख्या २४ जना पुगेको छ।
यसैबिच कोरोना भाइरसबाट निको हुनेको संख्या ५ पुगेको च। आज धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ३४ वर्षीय एकजना उपचार पछि निको भएर घर फर्किएसँगै निको हुनेको संख्या ५ जना पुगेको हो। यसअघि ४ जना अस्पतालबाट निको भएर घर फर्किसकेका छन्।