वैशाख १०, विराटनगर –
उदयपुरको भुल्केमा थप एक जनामा कोरोनाभाइरस पोजिटिभ देखिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो।
योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ। उनीहरू सबै भुल्केका हुन्। त्यस्तै देशभर संक्रमितको संख्या ४३ पुगेको छ।
Facebook Comments