वैशाख १२, काठमाडौ –
नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले तराईबाट सांसदलाई अपहरण शैलिमा काठमाडौँमा ल्याएर होटलमा थुन्नेलाई कारबाही गर्नुपर्ने बताएका छन्। उनले यो प्रकरणको छानबिन गरि गैरकानुनी कार्यमा संलग्नहरुलाई कानुन बमोजिम कारबाहीको माग गरेका छन्।
नेता रावलले ट्विट गर्दै भनेका छन्, ‘सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर,अपहरण शैलीमा तराईबाट काठमाडौँ ल्याएर सिध्दान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ। यसको छानबिन गरी गैरकानुनी कार्य गर्नेलाई कारबाही हुनुपर्छ।’
सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर,अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याएर सिध्दान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ ।यसको छानविन गरी गैरकानुनी कार्य गर्नेलाई कार्वाई हुनुपर्छ ।
— Bhim Rawal, Ph. D (@BhimRawal179) April 23, 2020