वैशाख १२, काठमाडौ –
शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । सोमबार जारी भएका दुवै अध्यादेश फिर्ता लिने सरकारले निर्णय गरेको हो।
दुबै अध्यादेशको विपक्षी दलले मात्र होइन, सरकारमा रहेको पार्टीकै नेताहरुले पनि विरोध गरेपछि प्रधानमन्त्री केपि शर्मा ओलि अध्यादेश फिर्ता लिन तयार भएका थिए।
सरकारले अब दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले यसलाई खारेज गर्नेछिन् । यी दुवै अध्यादेश आज नै खारेज हुने सम्भावना छ ।