वैशाख १३, विराटनगर –
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एकैदिन एक लाख भन्दा बढी संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १ लाख ५ हजार ६ सय १६ नया संक्रमित थपिएको वल्डोमिटर्सले देखाएको छ। योसँगै विश्वभर संक्रमितको संख्या २८ लाख २८ हजार ६ सय १७ पुगेको छ।
पछिल्लो २४ घन्टामा मात्र अमेरिकामा ३८ हजार ७ सय ६४ जना नया संक्रमित भेटिएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ५२ देशमा नयाँ संक्रमित भेटिएका छन्।
संक्रमितको संख्या बढ्दै गएपनी मृत्यकको संख्या भने केही काम हुँदै गएको छ। पछिल्लो २४ घण्टामा ६ हजार १ सय ७४ जनाले ज्यान गुमाएको वल्डोमिटर्सको तथ्यांकमा देखाएको छ। योसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार ९१ पुगेको छ।