वैशाख १३, विराटनगर –
मुस्लिम आयोगले जिल्लास्तरीय अनुगमन समिति बनाएको छ। मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा बसेको बैठकले देशभर जिल्लास्तरीय अनुगमन समिति बनाउने निर्णय गरेको हो।
देशभर बनाएको अनुगमन समितिले जिल्लाका मुस्लिम समुदायकाई लकडाउनको पुर्ण पालना गराउनका लागि सहयोग गर्नेछ। त्यस्तै समितिल्व कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको मुस्लिम समुदायमा पुर्ण पालना गराउन तथा मस्जिद र मदरसाको अनुगमन गर्न सरकारलाई सहयोग गर्नेछ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनलाई मुस्लिम समुदामा पुर्ण पालना गराउनका लागि तथा मस्जिद र मदरसालाई अनुगमन गर्न मुस्लिम आयोगले जिल्लास्तरीय अनुगमन समिती बनाएको मोरङ जिल्ला समितिका सदस्य साहब अहमद (गुड्डु) ले जानकारी दिए। साथै समितिले मुस्लिम समुदायमा कोरोना परिक्षण तथा सजगताका लागि सरकारलाई पुर्ण रुपमा सहयोग गर्ने समेत उनले बताए।
यसैबीच मुस्लिम आयोगले मोरङमा ११ सदस्यीय अनुगमन समिती बनाएको छ। समितिको संयोजकमा मौलाना जुल्फाकार अलिलाई मनोनयन गरिएको छ। त्यस्तै सदस्यहरुमा सत्तार अन्सारी , अजिम आलम, साहब अहमद (गुड्डु), अताबुल मन्सुरी, रफिक मियाँ, अब्दुल कादिर, मो. नसरुल, इरसाद अहमद (बब्लु) , फिरोज खान र इनतेखाब आलम (गुड्डु) रहेका छन्।
ं