वैशाख १३, काठमाडौ –
आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई जेठ २ गतेसम्म बन्द गर्ने कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले निर्णय गरेको छ।
यसअघि आन्तरिक तथा अन्तराष्ट्रिय उडान सरकारले वैशाख १८ गतेसम्मका लागी बन्द गर्ने निर्णय गरेको थियो। उक्त समय थप बढाएर जेठ २ सम्म पुर्याइएको हो।
लकडाउन थप्ने वा नथप्ने भन्ने विषयमा आइतवार बस्ने मन्त्रिपरिषद बैठकले निर्णय लिने बताईएको छ।
Facebook Comments