• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

उत्कृष्ट काम गरेको छवि बनाउँदै बिदा भए बेलबारीका प्रहरी प्रमुख बुढाथोकी

by पहिलो नेपाल
१३ बैशाख २०७७, शनिबार २०:५२
उत्कृष्ट काम गरेको छवि बनाउँदै बिदा भए बेलबारीका प्रहरी प्रमुख बुढाथोकी

वैशाख १३, विराटनगर –
ईलाका प्रहरी कार्यलय बेलबारीको प्रमुख रहेर काम गरेका प्रहरी निरीक्षक गुणराज बुढाथोकी उत्कृष्ट काम गर्दै बिदा भएका छन्। अपराध अनुसन्धान लगायत जिम्मेवारी वहनका हिसावले प्रहरी निरिक्षक गुणराज बुढाथोकी सफल देखिएका हुन् ।

बेलबारिमा रहँदा बुढाथोकी ‘सिंगम इन्सपेक्टर’ को रुपमा परिचित थिए। ९ महिनाअघि बेलबारिको प्रमुख भएर आएका प्रहरी निरीक्षक बुढाथोकीले बेलबारी लगायत आसपासको क्षेत्रमा शान्ति सुरक्षालाई मजबुत बनाएकै कारण उनिले सिंगमको उपमा पाएक थिए ।

बेलबारीमा कार्यलय प्रमुख भएर आएका उनले ९ महिनाको अबधिमा १ करोड ९४ लाख राजस्व समेत संकलन गर्न सफल भएका छन । अबैध घरेलु मदिरा तथा कच्चा पदार्थ (मर्चा) बाट राजश्व संकलन १३ लाख ९३ हजार,अबैध ढुंगा गिटीबाट राजश्व संकलन १३ लाख,मापसेबाट ७३ हजार,नविकरण फेल भएका सवारीसाधनबाट ५ लाख ७ हजार ८ सय ३५,भन्सार छलि गरि ल्याईएको सामानबाट १२ लाख ५० हजार,संयुत्त ट्राफिक चेकिङबाट ७४ लाख १४ हजार ३ सय,फरार प्रतिबादी १३३ जनाबाट १२ लाख ५२ हजार,हराएर फेला पारिएको मोबाईलबाट ९ लाख ६० हजार,हराएर फेला पारिएको मोटरसाईकलबाट ५२ लाख ५० हजार राजश्व संकलन गर्न सफल भएका छन ।

उनको महत्वपुर्ण उपलब्धि भनेको हराएका मोबाईल खोजी गरि मोबाईलधनीलाई बुझाउनु,मध्यरात सम्म सञ्चालन हुने होटलहरुलाई निश्चित समयसम्म मात्र सञ्चालन गर्न दिनु र अबैध दोहन र उत्खनन रोक्नमा समेत उनको कार्यकाल सफल रहयो । बुढाथोकीले सो क्षेत्रका गुण्डा तथा माफियाहरुलाई तह लगाएका थिए । त्यसभन्दा अघि केही व्यक्तिहरुले राजनैतिक आडमा विभिन्न किसिमका आपराधिक गतिविधि गर्दै आएको भएपनी बुढाथोकी प्रमुख भएर आएपछि सबै रोकिएको स्थानीयले बताए ।

बुढाथोकीले शान्ति सुरक्षा मजबुत बनाउन खोज्दा असहयोग गर्नेहरु पनि धेरै रहेको तर आफू त्यसबाट पछि नहटेको बताए । विशेषगरि केही होटेल व्यवसायी जस्ले रातिको समयमा अबैध धन्दा गर्ने तथा राजनैतिक आडमा दादागिरी देखाउने गुण्डा र ठेकेदारहरुलाई कारबाहीको दायरमा ल्याउँदा आफुलाई दबाब आउने गरेको उनले बताए।

छोटो अबधिमा उनले धेरै राम्रा र सम्झन लायक काम समेत गरेका छन । उनलाई १ नम्बर प्रदेश दंगा नियन्त्रण प्रहरी गण दुहवीमा खटाईएको छ भने उनको ठाँउमा ऋषिराज ढकाल कार्यलय प्रमुखका रुपमा आउने भएका छन ।

बुढाथोकीको सरुवाका लागि शुरु देखि नै केही नेताहरु कम्मर कसेर लागेका थिए । उनलाई सरुवा गर्न दवाव बढिरहँदा पनि उनको कामको मुल्यांकन गर्दै उनलाई उत्कृष्ट प्रहरी समेत घोषणा गरिएको थियो ।

 

यो पनि :

सिंगम इन्स्पेक्टर बुढाथोकी, जो शान्ति सुरक्षामा अब्बल छन्

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

१३ बैशाख २०७७, शनिबार २०:५२
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

१३ बैशाख २०७७, शनिबार २०:५२

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१३ बैशाख २०७७, शनिबार २०:५२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१३ बैशाख २०७७, शनिबार २०:५२
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१३ बैशाख २०७७, शनिबार २०:५२
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१३ बैशाख २०७७, शनिबार २०:५२
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१३ बैशाख २०७७, शनिबार २०:५२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.