वैशाख १४, विराटनगर –
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दै गइरहेको छ । शनिबार एकै दिन १ हजार ९२६ जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो १० दिनमा संक्रमित दोब्बर बढेका छन् । १५ अप्रिलसम्म संक्रमितको संख्या १२ हजार ३७० रहेकोमा अहिले १० दिनपछि संक्रमितको संख्या २६ हजार ३७८ पुगेको छ ।
भारतमा अहिलेसम्म मृतकको संख्या ८२५ पुगेको छ । सबैभन्दा बढी महाराष्ट्रमा ३२३ जनाको ज्यान गएको छ । महाराष्ट्रमा सबैभन्दा बढी ७ हजार ६२८ जना संक्रमित भएका छन् । त्यहाँ १ हजार ७६ जनालाई निको भएको छ ।
विश्वभर कोरोनाका कारण ज्यान गुमाउनको संख्या २ लाख ३ हजार २६९ पुगेको छ । विश्वभर २९ लाख २० हजारलाई कोरोना लागेको छ । अहिलेसम्म ८ लाख ३६ हजार ६६० जनाको उपचार पछि निको भएको छ ।