वैशाख १५, विराटनगर –
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र मृत्युदर पछिल्लो समय घट्दै गएको छ । भाइरसबाट आइतबार ३ हजार ७ सय ५१ जना संक्रमितको ज्यान गएको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार ३३८ ले कमी हो । शनिबार विश्वभर ६ हजार ६९ संक्रमितको ज्यान गएको थियो ।
पछिल्लो २४ घण्टामा विश्वभर ७३ हजार ८ सय ५९ नयाँ संक्रमित थपिएका छन् ।अघिल्लो दिनको तुलनामा १६ हजार ८ सय ७२ ले कमी हो ।
यसैगरी २४ घण्टामा कोरोनाको मृत्युदर घटेसँगै संक्रमित पनि घटेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ७३ हजार ८ सय ५९ नयाँ संक्रमित थपिएका छन् ।अघिल्लो दिनको तुलनामा १६ हजार ८ सय ७२ ले कमी हो ।
आइतबार कोरोनाको केन्द्रबिन्दू बनेको अमेरिकासहित यूरोपका अन्य देशहरुमा पनि कोरोना प्रभाव घटेको देखिएको छ । आइतबार अमेरिकामा १ हजार १५७, स्पेन २८८, इटली २६०, फ्रान्स २४२, यूके ४१३ र ब्राजिलमा २२६ संक्रमितको ज्यान गएको छ ।
कोरोनाबाट हालसम्म विश्वभर २ लाख ६ हजार ९८८ जनालृ ज्यान गुमाएका छन् भने २९ लाख ९४ हजार संक्रमित रहेका छन् ।