वैशाख १५, विराटनगर –
पुर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विराटनगर महानगरपालिका १२ नम्बर वडालाई राहतका लागि चामल सहयोग गरेका छन् । मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा सांसद समेत रहेका पण्डितले राहत स्वरुप चामल सहयोग गरेका हुन्।
पुर्व मन्त्री पण्डितले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विराटनगर वडा नं १२ लाई १० क्विन्टल (१ हजार केजि) चामल हस्तान्तरण गरेका हुन्। सोमबार १२ नम्बर बडाका वडाध्यक्ष हिरालाल कामतलाई चामल हस्तान्तरण गरिएको युवा नेता ओसिम आलमले जानकारी दिए। आलमले भने, ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ। विगत एक महिनादेखि जारी लकडाउनका कारण गरिब ,विपन्न तथा मजदुरहरुलाई समस्या परेको भन्दै पुर्व मन्त्री मा. लालबाबु पण्डित ज्युले राहत स्वरुप चामल सहयोग गर्नुभएको हो। सरकारले एकद्वार नितिबाट राहत वितरण गर्ने निर्णय गरेकोले राहत स्वरुप सहयोग गरेको चामल वडा कार्यलयलाई हस्तान्तरण गरिएको हो।’
पुर्व मन्त्री पण्डितले यसअघि पनि आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बुढिगंगा गाउँपालिकाका विपन्न तथा गरिव घरपरिवारलाई खाद्यान्न वितरण गरेका थिए। उनले बुढिगंगा गाउँपालिकामा ५० बोरा चामल र १० बोरा आलु गरिब तथा विपन्न परिवारलाई वितरण गरेका थिए। साथै सांसद पण्डितकै पहलमा सुन्दरहरैचामा समेत राहत सामाग्री उपलब्ध गराईएको थियो। पण्डितले १ हजार ५ सय केजि चामल र १ सय ५० केजि नुन प्रदान गरेका थिए। त्यस्तै विराटनगरका ५ र ७ नम्बर वडाका अति विपन्न परिवारलाई समेत पण्डितले खाद्यान्न सहयोग गरेका थिए।
यो पनि :
सांसद पण्डितको पहलमा मोरङका विभिन्न ठाउँमा राहत सामाग्री वितरण