वैशाख १६, विराटनगर –
पुर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निमुवा प्रहरी चौकीलाई गाडी उपलब्ध गराएका छन्।
पण्डित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुँदा मन्त्रालयले गाडी मर्मतका लागि बुढिगंगा गाउँपालिकालाई उपलव्ध गराएको थियो। निसान कम्पनीको बा २ झ ५५५ नम्बरको गाडी बुढिगंगा गाउँपालिकाले मर्मत गरेर मंगलबार निमुवा प्रहरी चौकिलाई हस्तान्तरण गरेको छ। गाडी मर्मतको लागि पाँच लाख खर्च भएको बुढिगंगा गाउँपालिकाका प्रशासकीय अधिकृत डमरुबल्लभ बरालले बताएका छन्।
गाडी हस्तान्तरण कार्यक्रममा बोल्दै मोरङ जिल्ला प्रहरी प्रमुख विश्व अधिकारले पुर्व मन्त्री लालबाबु पण्डितलाई आभार प्रकट गरे। अधिकारीले भने, ‘निमुवा चौकिको लागि गाडी अति आवस्यक थियो। मा. लालबाबु पण्डित मन्त्री हुँदा उहाँकै स्कटिङमा जाँदा गाडी बिग्रीएर समस्या भएको थियो। त्यतिबेलै उहाँले गाडी उपलब्ध गराउँछु भनेर बाचा गर्नुभेको थियो। आज उहाँको बाचा पूरा भएको छ। त्यसका लागि पुर्व मन्त्री लालबाबु पण्डितलाई हार्दिक धन्यवाद गर्दछु।’ साथै अधिकारीले गाडीका निरन्तरत पहल गर्ने ओसिम आलमलाई धन्यवाद प्रकट गरे ।
साथै गाडी उपलब्ध गराउन निरन्तर पहल गर्ने युवा नेता ओसिम आलमले स्थानीय सरकार मार्फत गाडी हस्तान्तरण गर्नुपर्ने भएकोले केही ढिलो भएको बताए छन्। लालबाबु पण्डित मन्त्री हुँदा गछिया प्रहरी चौकी, विराटनगर महानगरपालिका, रंगेली नगरपालिका, बेलबारी नगरपालिका , पथरी नगरपालिका , केराबारी गाउँपालिका , धनपालथान गाउँपालिका, महेन्द्र मोरङ क्याम्पस लगायत विभिन्न स्थानीय निकायलाई समेत गाडी उपलब्ध गराको आलमले बताए।
गाडी हस्तान्तरण कार्यक्रमा मोरङ जिल्ला प्रहरी प्रमुख विश्व अधिकारी , बुढिगंगा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, प्रमुख प्रशाककिय अधिकृत डमरुबल्लभ बराल , युवा नेता ओसिम आलम, रिता न्यौपाने, मनोज राई साथै नेकपाका नेता सत्यनारायण चौधरी, बलभद्र सरदार लगायतको उपस्थिति रहेको थियो।