वैशाख १७, काठमाडौ –
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्षलाई मत्थर पार्न आज सचिवालय बैठक बस्दैछ। बैठक आज अपह्रान बस्ने बताईएको छ।
हिजो दिनभरको शीर्ष नेताबीचको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएअनुसार सचिवालय बैठक बस्न लागेको हो। सचिवालय बैठकले नै स्थायी कमिटीको बैठक बोलाउने निर्णय गर्ने बताइएको छ।
हिजो अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएपछि सचिवालय बैठक बोलाउने सहमति भएको हो। त्यस्तै वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेता पनि भेटवार्ता र छलफलमा व्यस्त छन्।
८ वैशाखमा सरकारले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश ल्याएपछि नेकपामा विवाद उत्कर्षमा पुगेको हो। पार्टीभित्रै चर्को विरोध भएपछि प्रम ओली ब्याक भएका छन् र १२ वैशााखमा दुवै अध्यादेश खारेज समेत भएका छन्।
अध्यादेश प्रकरणसँगै अध्यक्ष तथा प्रम ओली पार्टीभित्र चेपुवामा परेका छन्। प्रचण्ड, नेपाल, खनाल र गौतम चारैजना ओलीको विकल्प खोज्नुपर्ने पक्षमा देखिएपछि ओली संकटमा परेका हुन्।
यसैविच ओलि समूह, प्रचण्ड समूह र नेपाल समुहले आफुनिकट सांसदहरु सँग संवाद समेत बडाएका छन्। तिनै समुहको छुट्टाछुट्टै योजना बनाएर अघि बढिरहेका छन्। खासगरी दुई अध्यक्षबिच भएको शक्ति संघर्षमा माधव नेपाल निर्णायक भुमिका देखिएका छन्।