वैशाख २०, काठमाडौ –
कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ५ सय ७० पुगेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाबाट शनिबार बिहानसम्म ३४ लाख २ सय ७८ जना संक्रमित भएका छन् ।
वर्ल्डोमिटरका अनुसार सबैभन्दा धेरै अमेरिकामा ६५ हजार ७५३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । इटलीमा २८ हजार २३६, बेलायतमा २७ हजार ५१०, स्पेनमा २४ हजार ८२४ तथा फ्रान्समा २४ हजार ५९४ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।
अमेरिकामा सबैभन्दा धेरै ११ लाख ३१ हजार ३० जनामा यो संक्रमण देखिएको छ ।
चीनको वुहानबाट सुरु भएको यो संक्रमण अहिले चीनमा भने नियन्त्रणमा आइसकेको छ । चिनमा यसबाट ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाए ।