वैशाख २१, विराटनगर –
कोरोना भाइरस (कोभिड–१९) को महामारी अन्तर्गत पछिल्लो २४ घण्टामा भारतमा मात्रै २ हजार ४ सय ४२ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा अहिलेसम्म ३९ हजार ६९९ जना संक्रमित भएका छन् ।
त्यस्तै एक सय जनाको ज्यान २४ घण्टाको अवधिमा गएको वल्डोमिटर्सले जनाएको छ । मृतकको संख्या १ हजार ३२३ पुगेको छ । अहिलेसम्म एकै दिन सय जनाको ज्यान गएको यो पहिलो पटक हो ।
लोकपाल सदस्य अजयकुमार त्रिपाठीको पनि कोरोनाबाट ज्यान गएको छ । उनी ६२ वर्षका थिए ।
Facebook Comments