२५ गतेपछि लकडाउनको स्वरुप बदल्ने सरकारको निर्णवैशाख २१, काठमाडौ –
सरकारले वैशाख २५ गतेपछि लकडाउनको स्वरुप बदल्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यसका लागि आवश्यक रणनीति तयार गर्ने निर्णय गरेको हो ।
सरकारले तत्काललाई अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान भने नखोल्ने भएको छ । लकडाउनकै कारण कोरोनाको जोखिम बढ्न नपाएको निष्कर्षसहित मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय सीमा नाकामा अझै कडाइ गर्ने निर्णय गरेको हो ।
सरकारले लकडाउन खोल्न जिल्लाहरुमा देखिएको जोखिमको आधारमा गाढा रातो, रातो, पहेँलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यसै आधारमा क्रमशः अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्याउन लागेको हो ।
स्वास्थ्य मन्त्रालयले अतिउच्च र उच्च जोखिमलाई पूर्ण लकडाउन गर्ने र सामान्य जोखिमलाई आंशिक रुपमा बन्दाबन्दी गर्ने गरी मस्यौदा तयार गरेको छ ।