वैशाख २२, काठमाडौ –
पछिल्लो समय कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा निरन्तर कमि हुँदैछ। संक्रमितको संख्या पढिरहेपनी मृतक र निको हुनेको संख्या घटिरहेको छ।
पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ४ सय ८१ जनाको मृत्यु भएको ओल्डिमिटर्सको तथ्यांकले देखाएको छ। त्यस्तै संक्रमितको संख्या भने ८२ हजार २ सय ६० थपिएको छ।
फ्रान्स, इटली र स्पेनमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्यामा ठूलो मात्रामा कमी आएको छ । पछिल्लो २४ घण्टामा फ्रान्स, इटली र स्पेनमा पछिल्लो हप्ताकै सबैभन्दा कम मृत्यु भएको छ । फ्रान्समा १३५, स्पेनमा १६४ र इटलीमा १७४ जनाको मृत्यु भएको छ ।
यता अमेरिकामा पनि मृतकको संख्या केही कमि हुँदै गएको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोनाबाट एक हजार १ सय ५४ जनाको ज्यान गएको छ। हालसम्म अमेरिकामा सबैभन्दा धेरै ६८ हजार ५ सय ९८ जनाको ज्यान गैसकेको छ ।
इटली अमेरिका पछि कोरोनाका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देश हो । यहाँ २८ हजार ८८४ को ज्यान गइसकेको छ । अमेरिकामा ६८ हजार ५६९ को ज्यान गइसकेको छ ।
स्पेनमा २५ हजार २६४ तथा फ्रान्समा २४ हजार ८९५ जनाको कोराना संक्रमणका कारण ज्यान गइसकेको छ ।