वैशाख २२, विराटनगर –
सडक पेटिमा बस्नेहरुलाई निशुल्क खाना खुवाउँदै आएको युवाहरुको अभियानलाई युवा नेता जीवन आचार्यले चामल सहयोग गरेका छन् । विराटनगरका युवाहरुले चलाएको अभियानलाई युवा नेता आचार्यले ६ सय केजि (६ क्विन्टल) चामल सहयोग गरेका हुन् ।
विराटनगरको विभिन्न सडक पेटिमा बस्ने गरिब, असहाय , घरबारबिहिन तथा मजदुरहरुलाई युवा नेता ओसिम आलमको नेतृत्वमा रहेको युवाहरुको समुहले विगत ३५ दिनदेखि निशुल्क खाना खुवाउँदै आएका छन् । लकडाउनका कारण समस्यामा परेकाहरुलाई बिहान बेलुका गरेर दैनिक ३ सय भन्दा बढीलाई खाना खुवाउने गरेको अभियानका अभियन्ता पेरिस सुबेदिले बताए । साथै अभियानका लागि दैनिक ५० केजि चामल खपत हुँदै आएको अभियन्ता सुबेदीले जानकारी दिए।
नेकपा प्रदेश नं १ का सदस्य समेत रहेका जीवन आचार्यले खाना खुवाउने अभियान उदाहरणीय भएको बताउँदै सहयोग गरेको संदेश पठाएका थिए। साथै अभियानलाई सहयोग गरेको प्रति अभियानको नेतृत्व गरिरहेका युवा नेता ओसिम आलमले आचार्यप्रती धन्यवाद प्रकट गरे । आलमले कुनै एनजीओ, आएनजिओ र सरकारी सहयोग नलिएको बताउँदै यसरी नै साथीभाईहरुको व्यक्तिगत सहयोग बाट अभियान चलाईरहेको बताए ।