वैशाख २३, काठमाडौ –
विश्वव्यापी महामारीको रुपमा फलिएको नोबेल कोरोना भाइरस भारतमा तिव्र गतिमा फैलिँदै गएको छ। भारतमा पछिल्लो २४ घण्टामा ४ हजार नयाँ संक्रमित थपिँएका छन । त्यस्तै १ सय ७५ जनाले ज्यान गुमाएका छन् ।
एकैदिन सय वा त्यसभन्दा बढीको मृत्यु भएको तीन दिनमा दोस्रोपटक हो। शनिबार त्यहाँ सय जनाको मृत्यु भएको थियो। आइतबार भने ६८ जनाको मृत्यु भएको थियो। भारतमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको कूल संख्या १५ सय ६६ पुगेको छ।
वोल्डोमिटर्सको तथ्यांकअनुसार अहिलेसम्म जम्मा ४६ हजार ४३७ जना संक्रमित फेला परेका छन्। तीमध्ये १२ हजार ८४७ जना निको भएका छन् ।
अप्रिल २९ मा १७ सय ३८ नयाँ संक्रमित भेटिएका थिए। त्यसयता नयाँ संक्रमित भेटिने क्रम हरेक दिन बढ्दा भारतमा भयाभह रुप लिनसक्ने देखिएको छ।
सबैभन्दा बढी महाराष्ट्र प्रभावित छ। त्यसपछि राजस्थान, गुजरात, दिल्ली, तामिलनाडु, उत्तरप्रदेश लगायत राज्य प्रभावित छन्।