वैशाख २४, विराटनगर –
विराटनगरमा रहेको कोशी अस्पतालको कोरोना उपचार केन्द्रमा रहेका ६ जनालाई बुधबार डिस्चार्ज गरिएको छ । उपचार केन्द्रमा रहेका ३१ जनामध्ये ६ जनालाई डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज गर्नु पहिला ६ जनाको तीन पटक कोरोना परीक्षण गरिएको थियो । परीक्षणको क्रममा तीन पटक नै रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो।
उदयपुरको भुल्केबाट गएकाे वैशाख ५ र ६ गते अस्पतालमा ल्याएर भर्ना गरिएका १३ जनामध्ये ६ जनामा कोरोना भाइरस नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुने ६ जना नै भारतीय नागरिक हुन् ।