वैशाख २४, काठमाडौ –
नेपाल कम्युनिस्ट पार्टीनेकपाको भोलि बस्नने भनिएको स्थायी कमिटी बैठक तत्कालका लागि स्थगित भएको छ। बिहिवारको लागि बोलाईएको स्थायी कमिटी बैठकबारे छलफल गर्न आज सचिवालय बैठक बसेको थियो ।
तर आज बसेको सचिवालय बैठकको विचमै प्रधानमन्त्री तथा अध्यक्ष केपि शर्मा ओलि निस्कीएपछी कुनै निर्णय हुन नसकेको हो । त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री ओलिबिच छलफल भएपनी स्थायी कमिटी बैठकको तयारी नपुगेको भन्दै तत्कालका लागि भोलि बिहिवार बिहान ११ बजेका लागि बोलाईएको बैठक स्थगित भएको हो ।