वैशाख २५, काठमाडौ –
विश्वभर कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ । झण्डै एक हप्ता यता मृत्यु दरमा केही कम हुँदै आए पनि पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ११ जनाको मृत्यु भएपको छ ।
योसँगै विश्वभर मृत्यु हुनेको संख्या २ लाख ६५ हजार पुगेको छ। सबैभन्दा भन्दा धेरै अमेरिकामा मृत्यु भएको छ। अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३८ को ज्यान गएपछि मृतकको संख्या ७५ हजार पुगेको छ । बेलायतमा पनि मृत्युदर बढ्दै जाँदा ३० हजार नाघेको छ । इटालीमा २९ हजार र स्पेनमा २५ हजार नाघेको छ ।
वोल्डोमिटर्सका अनुसार विश्वभर संक्रमितको संख्या ३८ लाख १९ हजारभन्दा बढी छ । पछिल्लो २४ घण्टामा विश्वभर ९५ हजार नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा बढी अमेरिकामा साढे १२ लाखभन्दा बढी संक्रमित छन् ।
त्यस्तै निको हुनेको संख्या १३ लाख पुग्न लागेको छ ।