वैशाख २७, विराटनगर –
नेपालमा थप सात जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ जना पुगेको छ ।
थप ७ जना उदयपुर, कपिलवस्तु र पर्साका छन् ।शुक्रबार अबेर गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो ।
प्रदेश १ स्थित उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका महिलामा संक्रमण देखिएको हो । यसैगरी कपिलवस्तुका १७, १८, १८ वर्षका पुरुष र पर्सा छपकैयाका ६२ वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Facebook Comments