वैशाख २७, काठमाडौ –
चीन सरकारले (कोभिड १९) को परीक्षणका लागि सहयोग गर्ने भनेको प्रयोगशाला परीक्षणका लागि आवश्यक पर्ने पिसिआर किट आज आइपुगेको छ।
यसअघि चीन सरकारले आइतबारसम्म उपलब्ध गराउने भनेको ४० हजार पिसिआर किटमध्ये ३० हजार किट आइपुगेको हो । बाँकी १० हजार भने भोलि बिहान आईपुग्ने छ।
चीनको छोङछिङजियाङबे अन्तर्राष्ट्रिय विमानस्थलबाट सामान बोकेर काठमाडौंका लागि उडेको हिमालय एयरलायन्स आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
पिसिआर किटसँगै १० हजार थान डिस्पोजेवल गाउन, फेस मास्क, सर्जिकल मास्क लगायतका कोभिड १९ उपचारका लागि चाहिने अत्यावश्यक सामग्री ल्याईएको छ ।
केही दिनअघि स्विजरल्याण्ड सरकारले पनि ३० हजार थान पिसिआर टेष्ट किट नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ।