वैशाख २९, काठमाडौ –
नेपालमा थप १० जनामा कोरोना भाइरसका संक्रमित भेटिएको छ । सोमवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १० जनामा संक्रमित भेटिएको जनाएको छ।
मन्त्रालयद्वारा जारी वक्तव्यमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डूमामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो। उनिहरु कपिलवस्तुका हुन्।
योसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या १२० पुगेको छ।
Facebook Comments