वैशाख ३०, विराटनगर –
भारतमा मंगलबारदेखि रेल सेवा शुरु भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण बन्द रहेको यात्रुवाहक रेल सेवा मंगलबारबाट चल्ने भएको हो ।
हालका लागि दिल्लीबाट राँची, चेन्नई, मुम्बई, पटना, विलासपुर, जम्मूलगायत १५ स्थानका लागि रेल चल्ने भारतिय मिडियामा जनाइएको छ । भारतमा १७ मे सम्म लकडाउन रहेको छ ।
भारतमा हालसम्म कोरोनाको संक्रमणबाट २२ सय ६ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ४४ हजार २९ पुगेको छ । भारतमा सबैभन्दा बढी महाराष्ट्र, दिल्ली, गुजरात लगायतका शहरमा कोरोनाको संक्रमण देखिएको छ । हालसम्म भारतमा कोरोनाबाट संक्रमित भएका २० हजार ९ सय १९ जना निको भएका छन् ।