वैशाख ३१, काठमाडौ –
नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ । मंगलबार एकैदिन ८३ जना संक्रमित भेटिएपछी देशभर संक्रमितको संख्या २ सय १७ पुगेको हो ।
मंगलबार दिउँसो ५७ जनामा संक्रमण पुष्टि भएसँगै १९१ जना पुगेको थियो । मंगलबार नै बेलुका थप २६ जनामा कोरोना भेटिएपछी देधभर संक्रमितको संख्या ह्वात्तै पढेको हो।
हालसम्म उदयपुरमा ३२, पर्सामा ७९, बाँकेमा २४, कपिलवस्तुमा २९, रुपन्देहीमा १६, काठमाडौंमा ५, कैलालीमा ४, रौतहट र बारामा ३–३ तथा बागलुङ,महोत्तरी, धनुषा, भक्तपुर ,सर्लाही, चितवन र झापामा २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैगरी, भोजपुर, काठमाडौ, सप्तरी, बर्दिया र कञ्चनपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।