वैशाख ३१, विराटनगर –
र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा पोजेटिभ देखिएका विराटनगरका एक व्यक्तिको पीसीआर परिक्षणमा नेगेटिभ देखिएको छ । विराटनगर महानगरले सोमवार र मंगलबार सञ्चालन गरेको आरडीटी परिक्षणका क्रममा एकजनामा आरडीटि पोजिटिभ आएको थियो ।
विराटनगर वडा नं ९ का उज्त व्यक्तिको पीसीआर विधिबाट थ्रोट स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको विराटनगर महानगरका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
Facebook Comments