जेष्ठ २, पर्सा –
जिल्ला प्रशासन कार्यालय पर्साले अब कोरोना संक्रमित कोही भागेमा गोली हानेर नियन्त्रणमा लिन सक्ने अधिकार सुरक्षाकर्मीलाई दिएको छ ।
बिहीबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो अधिकार दिएको हो । गत बुधबार मात्र वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट दुई जना कोरोना संक्रमित शौचालय जाने बहानामा भागेका थिए ।
प्रहरीले उनीहरूलाई पछि पक्राउ गरेको थियो । उक्त घटनालाई मध्यनजर गर्दै केन्द्रले अस्पतालबाट भाग्न नदिन यस्तो निर्णय गरेको हो । यसअघि विभिन्न जिल्लामा कोरोना संक्रमित अस्पतालबाट भागेका थिए ।