जेष्ठ २, काठमाडौ –
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबारसम्म पिसिआर विधिबाट २३ हजार ९ सय १४ जनाको कोरोना परिक्षण गरेको बताएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शुक्रबार प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट १ हजार २ सय ५० परीक्षण भएको जनाएका हुन्।
डा.देवकोटाका अनुसार देशभरीका विभिन्न अस्पतालमा २ सय ६७ आइसोलेसनमा उपचाररत रहेका छन्।
उपत्यकामा २७ सहित बागमती प्रदेशमा ३४ जना आइसोलेसनमा रहेका छन्। प्रदेश नम्बर १ मा २२, प्रदेश नम्बर २ मा १ सय २ गण्डकी प्रदेशमा १ जना आइसोलेसनमा रहेका छन्।
यस्तै प्रदेश नम्बर ५ मा १ सय ८ जना आइसोलेसनमा रहेका छन्। कर्णाली र सुदूरपश्चिममा भने कुनै पनि व्यक्ति शुक्रबार आइसोलेसनमा छैनन्। उनले क्वारेन्टाइनमा भने देशभर १५ हजार ६ सय ८३ जना रहेको बताए।