जेष्ठ २, काठमाडौ –
नेपालमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् ।योसँगै कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।
संक्रमितमध्ये पर्साका ४, दाङका ३ र उदयपुर र काठमाडौका एकजना छन्। पर्सामा देखिएका चारजनामध्ये दुईजना ९ र १० वर्षका बालक छन् भने काठमाडौमा ७ वर्षीय बालकमा देखिएको हो ।
शुक्रबार बिहान मात्रै ९ जना संक्रमित थपिएका थिए। योसँगै एकैदिन १८ जना संक्रमित भेटिएका हुन्। जसमा बाँकेका ८ र मकवानपुरका एकजना हुन्।
Facebook Comments