जेष्ठ २, विराटनगर –
मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडाले भारतसँग देखिएको सिमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएका छन्। सोमबार संसदको शून्य समयमा बोल्दै उनले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले नेपालको भुमिबारे नेपाललाई नसोधी चिनले भारत सँग सम्झौता गरेको भन्दै चिनको नियत पनि ठिक नदेखिएको बताएका छन् । उनले सिमाको विवादबारे अन्तर्राष्ट्रिय स्तरबाटै सामाधान गरिनुपर्ने स्पष्ट धारणा समेत राखेका छन् ।
Facebook Comments