जेष्ठ ३, काठमाडौ –
विश्वभर कोरोना (कोभिड–१९) भाइरस संक्रमणका कारण ४६ लाख २१ हजार भन्दा बढी संक्रमितमध्ये १७ लाख ५५ हजार उपचार पछि निको भएका छन् ।
त्यस्तै ज्यान गुमाउनेको संख्या तीन लाख ८ हजार नाघेको छ । संक्रमित मध्ये ४५ हजार भन्दा बढी संक्रमितको अवस्था गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा सबैभन्दा बढी ८८ हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ भने १४ लाख ८३ हजार ९ सय बढी संक्रमित छन् । बेलायतमा २ लाख ६७ हजार संक्रमितमध्ये करिब ३४ हजार जनाको मृत्यु भएको छ ।
यस्तै इटालीमा २ लाख २३ हजार संक्रमितमध्ये ३१ हजार ६ सय बढीको मृत्यु भएको छ । फ्रान्समा २७ हजार ५ सय बढीको मृत्यु भएको छ । यस्तै ब्राजिलमा १४ हजार ८ सय जनाको मृत्यु भएको छ ।
जर्मनीमा ८ हजार जनाको मृत्यु भएको छ । त्यसैगरी इरानमा ६ हजार ९ सय बढीको मृत्यु भएको छ । चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ । भारतमा करिब ८५ हजार संक्रमितमध्ये २ हजार ७ बढीे मृत्यु भएको छ । रसियामा करिब ३ लाख संक्रमितमध्ये २ हजार ४ सय बढीको मृत्यु भएको छ ।