जेष्ठ ४, काठमाडौ –
कोभिड-१९ रोकथाम उच्चस्तरीय समन्वय समिति र मन्त्रिपरिषद्का बैठक आज बस्दैछ । आजको बैठकले चैत ११ गतेदेखि विभिन्न चरणमा थप गरिएको लकडाउनबारे निर्णय गर्नेछ ।
दिउँसो उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने छ भने मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्दैछ ।
समन्वय समितिको बैठकले सरकारलाई लकडाउनबारे सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले निर्णय लिनेछ । ११ चैत्रदेखि विभिन्न चरणमा लागू भएको लकडाउन भोलि सकिदैछ ।
पछिल्लो समय कोरोना संक्रमित बढिरहेका छन भ्ने कोरोना संक्रमणकै कारण सिन्धुपाल्चकोककी एक महिलाको मृत्यु भइसकेको छ । यस्तो अवस्थामा केही मोडालिटी परिवर्तन गरेर कम्तिमा २ साता लकडाउन बढाउने तयारी भएको बुझिएको छ ।