जेष्ठ ४ –
अहिले विश्वव्यापी रुपमा फैलीएको महामारि अर्थात नोबल कोरोना भाइरस (कोभिड १९) ले नेपाल प्रवेश गरेको दुइ महिना बितिसक्यो। यो संक्रमण बाट बच्न अधिकांश देशले लकडाउन गरेको छ, कतै पुर्ण त कतै अर्ध रुपमा। नेपाल जस्तो विकासोन्मुख देशमा पुर्ण लकडाउन भएको २ महिना हुन लाग्दा पनि हामि जेनतेन धानिरहेका छौ। यो खुशिकै कुरो हो तर अब यो भन्दा उता अन्योल हुने निस्चित छ।
नेपालमा देखिएका संक्रमित मध्ये अति न्युन प्रतिशत संक्रमित मात्र यो रोगको लक्षण देखिएर अस्पताल गएका थिए जो लगभग निको भैसकेका छन् । अहिले संक्रमितको संख्या ३ सय आसपास हुदा के देखिएको छ भने अधिकांश संक्रमित भारतको खुल्ला सिमाना बाट भागेर नेपाल भित्रीएका छन्। पिसिआर अर्थात पोलिमरेज चेन रिआक्सन परिक्षणको गति कछुवारुपि छ जो अति नै कम हो। आरडिटि प्रणाली बाट पोजिटिभ आइ पिसिआर को नेगेटिभ रिजल्ट आएकालाई क्वारेटाइनमा त राखियो तर सम्पर्क मा भएका ब्यक्तिको खोजि ध्यानपुर्वक भएन यो निन्दनीय छ।
अब नेपालले भारत सँगको सम्पुर्ण सिमाना सिल नगरे खैरात छैन। सिमा विवाद रहदा रहदै पनि अब आफ्नो सिमा सिल गरि तत्काल काँडेतार लगाउन थाल्नु अति नै उत्तम हुन्छ र यहि समय सहि पनि हो। लकडाउनको मोडालिटि परिवर्तन गर्न सबैभन्दा सुरुमा नेपालको सन्दर्भमा भारतसँगको सिमा पुर्ण रुपमा सिल हुनैपर्छ। तसर्थ अब सरकारले भारतबाट लुकिछिपी नेपाल भित्रीनेलाई आफै सम्पर्कमा ल्याई क्वारेन्टिनमा राख्ने ब्यवस्था मिलाउनै पर्छ। भागेर आउनेको तत्काल खोजि गर्नुपर्छ।
नेपालमा पिसिआर परिक्षणको गति बढाएर सिमा सिल गरेपछि मात्र लकडाउनको मोडल परिवर्तन गर्नुपर्छ जो महत्वपुर्ण छ। जर्मनिले हिजो बाट देशकै सबैभन्दा ठुलो फुटबल लिग सुरु गरिसक्यो हामिभने अझ लकडाउन कति दिन लम्बिने हो भन्दै बसिरहेका छौ। ३ सय आसपास संक्रमित २ महिनामा भेटिनु भनेको खासै आपत्तिजनक त हैन तर परिक्षणको दायर बढाउन प्रति सरकार गम्भिर देखिनुपर्छ। दुइ जनाको मृत्यु हुनु दुखदायी खबर त हो तर आत्तिहाल्ने अवस्था हैन् संक्रमित को संख्यामा भने न्युनिकरण हुनु लक्डाउनको उपलब्धि हुनेछ। मनोबल उच्च राखौ, सामाजिक दुरि कायम गरौ, आफु पनि बाचौ र अरुलाई पनि बचाऔं।