जेठ ४, काठमाडौ –
मन्त्रीपरिषद बैठकले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । कोरोना सक्रमितको संख्या बढ्दै जाँदा केहीको ज्यान समेत गएको अवस्थामा सरकारले दुइ साताका लागि लकडाउन थपेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिशलाई अनुमोदन गर्दै आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि २० गतेसम्म थप्ने निर्णय गरेको हो । सरकारले लकडाउनलाई अझै कडा बनाउने भएको छ ।
नेपालमा गत चैत्र ११ बाट लकडाउन सुरु गरिएको हो ।
Facebook Comments