जेठ ५, विराटनगर –
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विश्वमा ३ हजार ६१२ जनाको मृत्यु भएको छ । अघिल्लो दिन ४ हजार १६३ संक्रमितको मृत्यु भएको थियो ।
सबैभन्दा धेरै अमेरिकामा पछिल्लो २४ घण्टामा ८६०, ब्राजिलमा ४८५, फ्रान्समा ४८३, बेलायतमा १७०, इटलीमा १४५ कोरोना संक्रमितको मृत्यु घएको छ ।
सोमबार बिहानसम्म कोरोना संक्रमणका कारण विश्वमा ३ लाख १६ हजार ५१४ जनाको मृत्यु भइसकेको छ । नेपालमा दुईजनाको मृत्यु भएको छ ।
विश्वमा संक्रमितको संख्या ४७ लाख ९८ हजार नाघिसकेको छ । नेपालमा २९५ जनामा संक्रमण देखिएको छ । जसमध्ये ३६ जना निको भएर घर फर्किसकेका छन् भने २ जनाको मृत्यु भएको छ ।