जेठ ५, काठमाडौ –
कोरोना भाइरसका थप ९ जना संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।
संक्रमित हुनेमा बाराको इशनाथ नगरपालिकाको वडा नम्बर २, ३, ६ र ९ का २१ (दुईजना), २३, २५ (दुईजना), २९ र ३० वर्षका पुरुष तथा माधवनारायण नगरपालिका–३ की २८ वर्षिया महिला रहेको जनाइएको छ ।
यस्तै बाराको करैयामाई–५ का ३८ वर्षे पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले जनाएको छ ।
Facebook Comments