जेठ ६, काठमाडौ –
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आजको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको जानकारी दिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।
आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा आइतवार र सोमवार दुई दिनसम्म छलफल भएको थियो।
सांसदले उठाएका प्रश्नमाथि प्रधानमन्त्री ओलीले आज जवाफ दिएपछि पारित गरिएको हो।
Facebook Comments