आशिक थापा :
स्वाभिमानको लागि लड्दै आफ्नो प्रिय जीवन त्याग गरेर स्वतन्त्र नेपाल बनाई हाम्रो पुर्खा कसैलाई सलामी र कसैको गुलामी नसहने गर्विलो ईतिहास रचेको र वीर गोर्खालीको नाम विश्वभरी परिचित थियो तर कहाँ बाट कस्ले कस्को स्वार्थ बाट यो इतिहासको धज्जी उडाईयो र इतिहासमा क्रमश एकमाथी एक राष्ट्रघाती सम्झौता थुपारियो ? कसरि आफ्नो स्वाभिमानलाई दाउमा राखेर आफ्नै भुमी बेच्ने दलाल भईयो ?
खैर समयमा देशभक्त नेपालीहरुले यस्को जवाफ खोज्नेछन र पाई पाई चुकाउने छन। अहिलेको वर्तमान परिप्रेक्ष्यमा केही मुठ्ठीभर दलालहरु हाबी भएको र एकपछि एक साम्राज्यवादि र बिस्तारबादीहरुले काठको मुडोलाई चारैतिर धमिराले खाए जस्तै हाम्रो पुर्खाले रगत पसिना एक गरेर बनाएको नेपाललाई खाइरहेका छन्। चारैतिर नेपाली जनताहरु हामी सबै यो गम्भीर विषयको निन्दा भत्सर्ना गर्दै बिद्रोह र बिरोध गरिरहेको छौँ र केही तत्वहरुले त यो बिरोधको पनि बिरोध गरिराखेको अवस्था छ । तीहरु सबै असामाजिक तत्व हुन भन्दा फरक नपर्ला । भलै आन्दोलन बाट र बिरोध बाट सिमा विवाद अन्त्य नहोला यो कुतिनितिक तवरबाट नै गर्नुपर्छ तर राज्यको सम्बन्धित निकाय र सिङ्गो सरकारलाई घचघच्याउन र साझा आवज ,रास्ट्रएकता जरुर बनाउछ । देशभक्त नेपालीको आवाज ,”हामि देश को सौदा गर्न सक्दैनौं ,सौदा गर्ने देशद्रोही लाई छोड्दैनौ हाम्रो एक इन्च भुमी पनि हाम्रो लागि अमुल्य छ र यो केही कुरो सङ पनि अतुलनीय छ ” ।
१. सारा नेपालीको एकमत हुँदा सम्म पनि जनताका प्रतिनिधि (केही बाहेक ) र जिम्मेवार पदका चाइकचुइक नबोली बस्दा उनिहरु प्रतिनिधि हो कि कसैको इसारामा मात्र चल्ने मान्छे हुन्,भन्ने कुरामा प्रश्न खडा हुन्छ ,जनताको भावना नबुज्ने अनि जनताको मागलाई सम्बोधन नगर्ने कुनै पनि हालतमा जनप्रतिनिधि हुन सक्दैनन् । त्येसैले हामी चेतनशील पनि हुनुपर्छ भन्ने हो । लिम्पियाधुरा, कालापानी र लिपुलेक अहिले सम्म नेपालको नक्सामा नराख्नु भनेको पहिले नै बेचिसकेको होकि भन्ने संका उब्जनु स्वभाविक नै हो तर लिम्पियाधुरा ,लिपुलेक र कालापानी हाम्रो भन्ने नारामा प्रत्येक चोटि नेपाली जनतालाई भावनामा डुबाएर चुनाबी नारा बनाएर बुरुक बुरुक उफारेर राजनिती गर्ने भाडो मात्र बनाएको तर कहिले यस्को हल नगरेर बारम्बार झुक्याइरहे त्येसैले अब कसैको तालमा ननाचेर राष्ट्रएकता सहित साझा धारणा बनाई यसको हल गर्नुपर्छ ।
२. सारा नेपाली एक हुँदा पनि केही बोलेनन्, बोल्दा पनि भोलि भारतले नाकाबन्दी लाईदिन्छ अनि सबै कुरा ठप्प हुन्छ । जनजिबिका प्रभावित हुन्छ । हमिलाई सरकारले खान बस्न दिएन , उठिबास लगायो भन्ने पनि आज हामी राष्ट्रवादले ओतप्रोत भएका मान्छेहरुनै हुन्छौं । विकल्प के त भन्दा अब हामी सुध्रिनु पर्छ । सबै कुराहरुमा हामी आफै आत्मनिर्भर हुनुपर्छ । भनाईमा मात्र होइन साच्चिकै अब कृषि क्रान्ति गर्नुपर्छ। आयत होइन निर्यातको बाताबरण बनाउनु पर्छ । ग्यासमा होइन सके गोबरग्यास, नसके दाउरामा खाना पकाउनुपर्छ । बिजुली उत्पादन गर्नुपर्छ र हरेक कुरा बिजुलिबाट चल्नेमा बिकास गर्नुपर्छ । हाम्रा हरेक खानी हामी आफैले उत्खनन गर्नुपर्छ (अहिले यी कुरामा पनि बिदेशीको नियन्त्रण छ ) अन्ततः हामी आत्मनिर्भर बन्नैपर्छ स्वाभिमानको लागि भारतको रवैयाको बिकल्प खोज्ने अवसर हो । हामी सुध्रिनैपर्छ । असम्भवको माग गर्नुपर्छ, यथार्थबादी बन्नुपर्छ।